स्पानिस क्लब रियल मड्रिड, फ्रेन्च क्लब पिएसजी, इंग्लिस क्लब आर्सनल र पाेर्चुगिच क्लब स्पाेर्टिङ सिपी च्याम्पियन्स लिग २०२५-२६ को क्वाटरफाइनलको प्रवेश गरेका छन्।
गएराति भएको खेलमा रियलले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित अन्तिम आठमा स्थान बनायाे। पहिलो लेगमा रियल ३-०ले विजयी भएको थियो।
सिटीको घरेलु मैदानमा भएको खेलमा रियलका लागि दुवै गोल भिनिसियस जुनियरले गरे। उनले २२औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
सिटीका लागि एर्लिङ हालान्डले ४१औं मिनेटमा एक गोल गरे। सिटीका कप्तान बर्नार्डो सिल्भाले २०औं मिनेटमै रातो कार्ड सामना गरेपछि सिटीले अधिकांश समय दश खेलाडीमा रहेर खेलेको थियो।
यस्तै पिएसजीले पनि अर्को इंग्लिस क्लब चेल्सीलाई दवस्रो लेगमा ३-० ले पराजित गर्दै समग्रमा ८-२ ले नतिजा आफ्नो पक्षमा पारेको हो। पहिलो लेगमा पीएसजी ५-२ ले विजयी भएको थियो ।
सिटीको मैदान स्टामफोर्ड ब्रिजमा पीएसजीका लागि भिचा केभारात्खेलियाले छैटौं, ब्राडली बार्कोलाले १५औं र सेन्नी मायुलुले ६२औं मिनेटमा गोल गरे।
दुई इंग्लिस क्लब बाहिरिँदा अर्को इंग्लिस क्लब आर्सनलले भने जर्मन क्लब बायर लेभरकुजनलाई समग्रमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। पहिलो लेगमा १-१ को बराबरी खेलेको आर्सनलले आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेगमा लेभरकुजनलाई २-० ले हरायो। आर्सनलका लागि इबेरेची एजेले ३६औं र डेक्लान राइसले ६३औं मिनेटमा गोल गरे।
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बोडो ग्लिम्ट बाहिरिएको छ। पहिलो लेगमा बोडोइले ३-० को अग्रता लिएपनि दोस्रो लेगमा स्पोर्टिङले सानदार कमब्याक गर्दै बोडोइलाई ५-० ले हराएपछि समग्रमा ५-३ ले नतिजा आफ्नो पक्षमा पारेको हो।
स्पोर्टिङका गोन्कालो इनासियो, पेड्रो गोलकालेभ्स, लुइस स्वारेज, म्याक्सिमिलियानो अराउजो र राफाएल फेरेइरा नेलले गोल गरे।
