प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय कायमै छ। खराब लयमा रहेको युनाइटेड आइतबार राति भएको खेलमा घरमै क्रिस्टल प्यालेसँग २-० ले पराजित भयो।
प्यालेसको जितमा दुवै गोल जिन फिलिपे माटेटाले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ६४औं र ८९औं मिनेटमा गोल गरेका थिए।
जितसँगै प्यालेस २४ खेलमा ३० अंकसहित १२औं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड २९ अंकसहित १३औं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा टोटनहामले ब्रेन्टफोर्डलाई २-० ले हरायो।