स्विडिस स्ट्राइकर भिक्टर ग्योकेरेस इंग्लिस क्लब आर्सनल आउने भएका छन्। फुटबल ट्रान्सफर मार्केटका विशेषज्ञ इटालियन खेल पत्रकार फाब्रिसियो रोमानोका अनुसार ग्योकेरेस आर्सलन आउने पक्का भएको छ।
पोर्चुगिज क्लब स्पोर्टिङ सिपी र आर्सनल ग्योकेरेसको ट्रान्सफरलाई लिएर सहमति नजिक पुगेका छन्। दुई क्लब सहमत भएसँगै आर्सनलले ग्योकेरेससँग सम्झौता गर्ने छ।
२७ वर्षीय स्विडिस स्ट्राइकरले पछिल्ला २ सिजन स्पोर्टिङबाट उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले यो सिजन ५२ खेलमा ५४ गोल र १५ असिस्ट गर्दै ठूला क्लबको ध्यान आफूतिर खिचेका थिए।
ग्योकेरेसको सोही प्रदर्शनपछि यो सिजन स्पोर्टिङले पोर्चुगिज लिग र पोर्चुगिज कपको उपाधि जितेको थियो।
आर्सनलले ग्योकेरेसको व्यक्तिगत सर्तमा सहमति जनाइसकेकाले अर्को सिजन उनी मिकेट अर्टेटाको टिममा हुने पक्का भएको हो। रोमानाको अनुसार उनले अर्सानलसँग पाँच वर्षको सम्झौता गर्नेछन्, यसको मतलब उनी २०३० सम्म रहनेछ इमिरेट्समा हुनेछन्।
ग्योकेरेस आफ्नो तलब घटारै भएपनि आर्सनल आउन तयार भएको बताइएको छ।
उनलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले पनि चासो देखाएको थियो। तर, युनाइटेड अर्को सिजन युरोपिन प्रतियोगिताका लागि छनोट नभएकाले ग्योकेरेसले आफ्ना पूर्वप्रशिक्षक रुविन अमोरिमको प्रस्ताव अस्वीकार गरेका छन्।
अघिल्लो सिजन चोटका कारण सेन्ट्रल स्ट्राइकरविनै आधा सिजन खेलेको आर्सनल ग्योकेसेरका लागि ७५ मिलियन पाउण्ड तिर्न तयार छ।
आर्सनलले ग्योकेरेसको विकल्पमा जर्मन क्लब आरबी लेइपजिगका स्ट्राइकर बेन्जामिन सेसोकलाई राखेको छ।
