प्रिमियर लिग क्लब आर्सनलले स्विडिस स्ट्राइकर भिक्टर ग्योकेरेसलाई अनुबन्धन गरेको छ।
लन्डन क्लबले २७ वर्षीय स्ट्राइकरलाई पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट अनुबनधन गरेको हो। उनका लागि आर्सनलले ६३ मिलियन युरो खर्चिएको छ।
उनी आजै लन्डन आइपुग्ने छन् भने भोलि मेडिकल परीक्षण गराउने छन्।
लन्डलनमा मेडिकल गरे परीक्षण पछि ग्योकेरेसले आर्सनलसँग औपचारिक सम्झौता गर्ने छन्। उनले आर्सनलसँग सन् २०३० सम्मको सम्झौता गर्नेछन्।
करिब १ महिना लामो प्रतिक्षापछि आर्सननले उनलाई भित्र्याएको हो। सिजनको अन्त्यसँगै ग्योकेरेसले आफूले क्लब छाड्ने आर्सलन जाने बताउँदै खाएका थिए।
आर्सनल र स्पोर्टिङ बीच ट्रान्सफरलाई लिएर सहमति नहुँदा म्यान्चेस्टर युनाइटेडले पनि उनका लागि प्रस्ताव राखेको थियो। तर, ग्योकेरेसले आर्सनल मात्रै जाने बताएका थिए।
२७ वर्षीय स्विडिस स्ट्राइकरले पछिल्ला २ सिजन स्पोर्टिङबाट उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले यो सिजन ५२ खेलमा ५४ गोल र १५ असिस्ट गर्दै ठूला क्लबको ध्यान आफूतिर खिचेका थिए।
यो समरमा आर्सनलले ग्योकेरेससँगै मिडफिल्डरद्वय मार्डिन जुबिमेन्डी, क्रिस्टियन नोडगार्ड, गोलपिकर केपा अरिजाबलागा र डिफेन्डर क्रिस्टियन मस्क्योरालाई अनुबन्धन गरेको छ।
