तीन क्लब भिनिसियसका लागि २ सय मिलियन खर्चन तयार

4 Apr, 2024

२३ वर्षीय ब्राजिलियन स्ट्राकइर भिनिसियस जुनियर पछिल्ला केही सिजन यता उत्कृष्ट लयमा छन्। निरन्तर आफूलाई निखार्दै लगेका भिनिसियस अहिले रियलका मुख्य हतियार हुन्।

उनकै उत्कृष्ट प्रदर्शनपछि रियल यो सिजन ला लिगा उपाधि नजिक छ भने च्याम्पियन्स लिग र कोपा डेल रेमा पनि उसको सम्भावना कायमै छ।

तर, उनी ला लिगामा निरन्तर जातीय विभेदका शिकार बनिरहेका छन्। भिनिसियसविरुद्ध जातीय विभेद गर्ने केहीलाई ला लिगाले कारबाही गरेपनि त्यो क्रम भने रोकिएको छैन्।

जातीय विभेदकै कारण भिनिसियसलाई धेरैले ला लागि छाड्न सुझाव दिएका छन्। तर, उनी रियलमा आफ्नो छुट्टै स्थान बनाउन चाहन्छन्। एम्बाप्पे रियल आएपनि भिनिसियसलाई गुमाउन ऊ पनि चाहँदैन्।

भिनियसले रियल छाड्न नचाहेपनि उनलाई भित्र्याउन ठूला क्लबहरुले चासो देखाएका छन्। भिनिसियसका लागि युरोपका ठूला क्लब २ सय मिलियन युरो तिर्न तयार देखिएका छन्।

इंग्लिस क्लबद्वय लिभरपुल र चेल्सी तथा फ्रेन्च क्लब पिएसजी भिनिका लागि २ सय मिलियन तिर्न तयार छन्।

रियलबाट सबै उपाधि जिसिकेका भिनिसियसले कुल २५३ खेलमा ७७ गोल गरेका छन्। यो सिजन उनले सबै प्रतियोगितामा २८ खेल खेल्दै १८ गोल गरेका छन्।