चेल्सी आए ब्राजिलियन युवा स्टार स्टेभाओ

6 Aug, 2025

ब्राजिलियन युवा स्टार विलियन स्टेभाओ विलियन प्रियिमर लिग क्लब चेल्सी आएका छन्।

१८ वर्षीय युव विंगरलाई चेल्सीले १ वर्षअघि नै अनुबन्धन गरेको थियो। तर, उनी १८ वर्ष नपुगेकाले औपचारिक सम्झौता भने भएको थिएन्।

चेल्सीले उनी १८ वर्ष पुगे लगत्तै औपचारिक सम्झौता गरेको हो। चेल्सीले स्टेभाओलाई भित्र्याउन ब्राजिलिय क्लब पाल्मेरसलाई ३४ मिलियन युरो तिरेको छ।

पाल्मेरसले प्रदर्शनका आधारमा थप बोनस पनि पाउने छन्। बोनससहित ट्रान्सफर रकम ६७ मिलिनय युरो पुग्ने बताइएको छ।

उनी पछिल्लो सयमका दक्षिण अमेरिकाका उत्कृष्ट युवा खेलाडी हुन्। उनले ब्राजिलियको राष्ट्रिय टिमबाट ४ खेल खेलिसकेका छन्।

१६ वर्षकै उमेरमा पाल्मेरसको सिनियर टिममा डेब्यू गरेका उनले ८३ खेल खेल्दै २७ गोल गरेका छन्।

अघिल्लो महिना अमेरिकामा सम्पन्न क्लब विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। क्वार्टरफाइलमा पाल्मेरस चेल्सीसँगै २–१ले पराजित भएको थियो। सो खेलमा गोल गरेका उनी प्लेअर अफ दी म्याच पनि बनेका थिए।

चेल्सीमा उनी ४१ नम्बरको जर्सीमा देखिने छन्। अब उनी चेल्सीको प्रिसिजन टुरमा सामेल हुने छन्।

चेल्सीका प्रशिक्षक एनजो मारेस्काले स्टेभाओलाई भविष्यको प्रमुख खेलाडीका रुपमा ठानेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]