अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गरेको छ।
अध्यागमन विभागको पत्रपछि पुरुष राष्ट्रिय लिग फुटबल स्थगित गरेको एन्फा महिला लिग पनि स्थगित गरेको हो
एन्फाले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि महिला लिग स्थगित गरिएको जनाएको छ। विभागले पर्यटक भीसामा रहेका खेलाडीलाई खेल नखेलान भन्दै पत्र पठाएको थियो।
बुधबारबाट सुरु भएको महिला लिगमा ४ खेल भएका छन्। प्रतियोगितामा ९ वटा क्लब सहभागी छन्।
