महिला साफमा नेपालले भुटानको सामाना गर्दै

18 Oct, 2024

घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ।

जसमा नेपालले भुटानको सामाना गर्दै छ। खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

लागतार तेस्रो पटक घरमै साफ च्याम्पयनसिप खेल्न लागेको नेपाल च्याम्पियन बन्ने लक्ष्यमा छ। नेपाल आफ्ना स्टार स्ट्राइकर सावित्रा भण्डारी बिनै मैदानमा उत्रने छ।

फ्रान्समा लिग खेलिरहेकी सावित्रा फर्किनसकेकाले पहिलो खेल गुमाउने भएकी हुन्। उनी दोस्रो खेलबाट भने टिममा हुनेछिन्।

प्रशिक्षक तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ खेल्ने र त्यसका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

कप्तान एन्जिलाले सातदोबाटोको एस्ट्रो टर्फमा प्रशिक्षण गरेर दशरथ रंगशालको घाँसे मैदानमा खेल्ने केही कठिन हुने सक्ने बताएकी थिइन् । यस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाएको भए टिम अझ राम्रो हुने उनको भनाइ थियो ।