अट्याकिङक डच मिडफिल्डर जाभी सिमोन्स इंग्लिस क्लब टोटनहममा आबद्ध भएका छन्। मोथस फ्रांकको नेतृत्वमा रहेको टोटनहमले जर्मन क्लब आरबी लेइपजिगबाट सिमोन्सलाई ५१ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो।
२२ वर्षीइ सिमोन्सले टोटनहममा मेडिकल परीक्षण पछि औपचारिक सम्झौतान पनि गरिसकेका छन्। उनले टोटनहमसँग ५ वर्षको समझोता गरेका छन्। अब उनी सन् २०३० सम्म टोटनहममा रहने छन्।
उनलाई भित्र्याउन चेल्सीले ट्रान्सफर विन्डोको सुरुआतदेखि नै प्रयास गरेको थियो। तर, अन्त्यमा सिमोन टोटनहमा आबद्ध भए। मोर्गन गिब्सन ह्वाइटको ट्रान्सफर कोल्याप्स र इबेरेची एजेलाई आर्सनले हाइज्याक गरेपछि उसले सिमोन्सलाई अनुबन्धन गरेको हो।
बार्सिलोनाको एकेडेमीका उत्पादन सिमोन्सले पिएसजीबाट सिनियनर टिममा डेब्यू गरेका थिए। पिएसजीका अवसर नपाएपछि उनी डच क्लब पिएससभी पुगेका थिए। त्यहाँ उनले एक सिजना४८ खेलमा २२ गोल गर्दै उत्कृष्ट प्रदर्शन ररेका थिए।
त्यसपछि उनी लोनमा आरबी लेइपजिग पुगेका थिए। त्यहाँ पनि उत्कृष्ट प्रदर्शन गरेपछि उनले अर्को सिजननै स्थायी सम्झौता गरेका थिए। लेपजिगमा उनले ७८ खेलमा २२ गोल गरेका थिए।
सन् २०२२ देखि नेदरल्यान्ड्स टिमको नियमति सदस्य रहेका उनले २८ खेल खेल्दै ५ गोल गरेका छन् ।
