आईपिएलमा मुम्बई इन्डियन्सले लागतार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा बिहीबार राति मुम्बईले रोयल च्यालेञ्जर्स बैंगलुरूमाथि ७ विकेटको जित निकाल्यो।
वानखेडे स्टेडियममा भएको खेलमा बैंग्लुरुले दिएृको १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। मुम्बईका लागि ओपनर इशान किशन र सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे।
इशानले ३४ बलमा ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ६९ रन बनाउँदा सूर्यकुमारले १९ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५२ रन बनाए। चोटमुक्त हुँदै फर्किएका सूर्याको यो सिजन पहिलो अर्धशतक हो। उनी अघिल्लो खेलमा मात्र टिममा फर्किएका थिए।
त्यस्तै रोहित शर्माले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ३८ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले ६ बलमा २१ र तिलक बर्मा पनि १० १६ रन बनाए। बलिङतर्फ बैंगलुरूका आकाश दिप, विजयकुमार विशक र विल ज्याक्सले समान १ विकेट लिए।
पहिला ब्याटिङ गरेको बैंगलुरूले ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। उसका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए।
यस्तै, दिनेश कार्तिक २३ बलमा ५ चौका र ४ छक्का मद्दतमा ५३ रन बनाँदा रजत पाटिदारले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५० रन बनाए।
बलिङमा बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ५ विकेट लिए। उनले ४ ओभरमा २१ रन मात्र खर्चिए। योसँगै उनी १० विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बनेका छ्न।
६ खेल खेलिसकेको बैंग्लुरुको यो पाँचौं हार हो। उ २ अंकसहित पुछारमा छ। यता, मुम्बई भने लागतार दोस्रो जितसँगै ५ खेलमा ४ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ।