इंग्डियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लुरुले आफ्नो खराब प्रदर्शनलाई आठौं खेलसम्म पनि निरन्रता दिएको छ। आइतबार भएको खेलमा बैंग्लुरु कोलकता नाइट राइडर्ससँग १ रनले पराजित भयो।
२२३ रनको लक्ष्य पछ्याएको बेंगलुरुलाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो। जसमा कोलकताका मिचेल स्टार्कविरुद्ध बेंगलुरुका कर्ण शर्माले पहिलो, तेस्रो र चौथो बलमा छक्का प्रहार गरे। तर पाँचौ बलमा उनी आउट भए।
अन्तिम बलमा जितका लागि ३ रन र सुपर ओभरका लागि २ रन चाहिदा बेंगलुरुका लकी फर्ग्युसन २ रन लिने क्रममा १ रनआउट हुन पुगे। जसका कारण कोलकताले खेल १ रनले जित्न सफल भयो।
बेंगलुरुका लागि विल ज्याक्सले ५५ रन र रजत पटिदारले ५२ रन जोडे। तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका उनीहरु लगातार आउट हुनु बैंग्लुृरीको हारको कारण बन्यो।
बलिङमा कोलकताका आन्द्रे रसेलले ३ तथा सुनिल नारिन र हर्षित रानाले समान २ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोलकताले श्रेयस अय्यरको ५० रन र ओपनर फिल साल्टले १४ बलमा जोडेको ४८ रनको मद्दतले २२२ रन जोडेको थियो।
आइपिएलमा कोलकता १० अंकसहित दोस्रो स्थानमा छ। अन्तिम स्थानको बेंगलुरुको २ अंक छ। ८ खेल मध्ये उसले ७ खेल हारेको छ। योसँगै उसको प्लेअफ सम्भावना लगभग सकिएको छ।