राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ नजिक पुगेको छ। ९ खेलमा ८ जित निकाल्दै राजस्थान प्लेअफ नजिक पुगेको हो।
शनिबार राति भएको खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफ स्थान लगभग पक्कापक्की गरेको छ। राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ।
१९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए । ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४ र रियान पराग १४ रनमा आउट भए ।
लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एकरएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे।
राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट, आवेश खानर रवीचन्द्रन आश्विनले एकरएक विकेट लिए । राजस्थान ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ मध्य एक खेल जित प्लेअफ खेल्न पक्का हुनेछ।
लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ। समान ८ खेलमा १०र१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ।
शनिबार दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १० रनले पराजित गरेको छ।दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रनमात्र बनाउन सक्यो। यो हारले मुम्बई प्लेअफ सम्भवाना कठीन बनेको छ।