सन्दीप लामिछानेको मुद्दामा पीडितले जन्मदर्ता बनाउन दिएको निवेदनको सक्कल झिकाउन आदेश

15 Apr, 2024

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले पीडित गौशाला २६ ले जन्मदर्ता बनाउने दिएको निवेदनको सक्कल झिकाउन आदेश दिएको छ।

न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो।

उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ।

‘गौशाला २६ ले जन्ममिति २०६२–०२–१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९–०३–१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु,’ भनिएको छ।

सोमबार दुई जना सरकारी वकिल र सन्दीपको तर्फबाट एक जनाले आज बहस गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]