नेपाली युवा मिडियम पेसर आकाश चन्दले टि–२० आईको डेब्यू ओभरमै विकेट लिएका छन्।
यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सिनियर टिममा परेका आकाशले हङकङविरुद्ध खेलमा आफ्नो पहिलो ओभरमै मार्टिन कोट्जेलाई आउट गरे।
उनले कोट्जेलाई पाँचौं ओभरको पाँचौं बलमा प्रतिश जिसीबाट क्याच आउट गराए। ताजा अवस्थामा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १० ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ८४ रन बनाएको छ।
उसका अंशुमन रथ र बाबर हायत क्रिजमा छन्।
आकाशले घरेलु मैदानमा अघिल्लो महिना क्यानडाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरिसकेका छन्। उनले हङकङविरुद्ध २ ओभरमा १३ रन खर्चिएका छन्।