हङकङविरुद्ध बलिङमा नेपाल, आकश चन्दको डेब्यू

9 Mar, 2024

हङकङविरुद्धको टि–२० आईमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। खेल केहीबेरअघि हङकङमा सुरु भएको छ।

युवा टिम लिएर हङकङ पुगेका मुख्य प्रशिक्षक मोन्टी देसाईले युवा मिडियम पेसर आकाश चन्दलाई टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गराएका छन्।

गत महिना दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सिनियर टिममा आएका आकशले घरेलु मैदानमा क्यानडाविरुद्ध खेल्दै एकदिवसीय टिममा डेब्यू गरिसकेका छन्।

नेपाल र हङकङले त्रिकोणात्मक टि–२० सिरिजअघि टि–२० अन्तर्राष्ट्रिय खेलेका हुन्।

नेपाली टिम ः रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]