आयरल्यान्ड्स उल्भ्सविरुद्ध आरिफले बनाए अर्धशतक

1 Apr, 2024

आयरल्यान्ड्स वुल्भ्सविरुद्धको टि–२० सिरिजको अन्तिम खेलमा आरिफ सेखले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल एका लागि आरिफले २९ बलमा अर्धशतक बनाएका हुन्। उनले २९ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। पहिलो खेलमा उनी अर्धशतक बनाउन १ रनले चुकेका थिए।

आरिफको अर्धशकमा मद्दतमा नेपाल ए ताजा अवस्थामा १४ ओभरको समाप्तिमा १२०–४को अवस्थाम छ। आरिफलाई क्रिजमा पवन सर्राफले १३ रन बनाएर साथ दिइरहेका छन्।

त्यसअघि नेपालका लागि बासिर अहमदले २१ बलमा १९ रन बनाउँदा नेपालका कप्तान विनोद भण्डारी ११, लोकेश बम ८ र देव खनाल ६ रन बनाएर आउट भए।

आयरल्यान्ड्स वुल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]