बाबार हायतले कर्णालीबाट एनपिएल खेल्ने

30 Oct, 2024

हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्ने भएका छन् । आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ ।

पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन् । उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ ।

बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी२०आई म्याच खेलेका छन् । टी-२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो । उनको नाममा दुई टी(२०आई शतक पनि छ भने १० अर्धशतक पनि प्रहार गरेका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।

बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी-२० आईमा डेब्यु गरेका थिए ।

पावर हिटिङका लागि परिचित बाबरले टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ ।

बाबार कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ ।

बाबरको आगमनले टोली थप मजबुद भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । ‘बाबर आजम निकै अनुभवी खेलाडी हुन् । उनको आगमनले टोली थप मजबुद भएको मानेको छु,’ प्रशिक्षक मल्लले भने । ‘उनले नेपालमा धेरै खेल खेलिसकेका छन् । त्यो अनुभव एनपिएलमा देखिने आशा गर्छौँ ।’

नेपाली राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।