फेलिक्सको गोलमा एट्लेटिकोविरुद्ध बार्सिलोनाको जित

4 Dec, 2023

जाओ फेलिक्सको निर्णायक गोल मद्दतमा स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–०ले हरायो।,

पोर्चुगिज फरवार्ड फेलिक्सले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा गोल नहुँदा खेल बार्सिलोनाले जित्यो।

फेलिक्स यसैसिजन एट्लेटिकोबाटै लोनमा बार्सिलोना आएका हुन्। बार्सिलोनामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

जितपछि १५ खेलबाट ३४ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको रियल मड्रिड र दोस्रो स्थानको जिरोना भन्दा बार्सिलोना चार अंकले पछि छ । १४ खेलबाट ३१ अंक रहेको एट्लेटिको चौथो स्थानमा झरेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]