चर्च बोइज इटहरी गोल्डकपको फाइनलमा, उपाधि भीडन्त आर्मीसँग

29 Mar, 2024

ए डिभिजिन लिग च्याम्पियन चर्च बोइज युनाइटेड इटहरी गोल्डकपको उपाधि फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएकको खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले हराउँदै चर्च बोइजन उपाधि नजिक पुगेको हो।

अब उसले उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ। आर्मीलाई नै हराउँदै झापा गोल्डकप जितेको चर्च बोइजले पुनः उपाधिका लागि आर्मीसँग खेल्ने भएको हो।

चर्च बोइजलाई फाइलन पु¥याउन समीर तामाङले निर्णायक गोल गरे। उनले खेलको ८९औं मिनेटमा गोल गरेका थिए ।

फाइलन शनिबार राति हुनेछ। विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]