ढोरपाटन महिला भलिबल लिग माघ १२ देखि, विजेताले ५ लाख पाउने

28 Nov, 2023

ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप हुने भएको छ। प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटनको खेलमैदानमा माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक ढोरपाटन क्लबले च्याम्पियनसिपको विजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ। यस्तै उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउँदा तेस्रो हुने टिमले१ लाख २५ हजार, चौथो ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हु टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर दिइने आयोजकले जनाएको छ। विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको कूल बजेट ५१ लाख ५ हजार रहेको मंगलबार अयोजित पत्रकार सम्मेलनका जानकारी दिइयो।

राष्ट्रिय खेलकुद परिषदको समन्वय र नेपाल भलिबल संघको संयोजकत्वमा हुने च्याम्पियनसिपमा मेडिकल पार्टनरको रुपमा बसुन्धारास्थित चिरायु हस्पिटल र मिडिया पार्टनरमा हाम्रो खेलकुद डटकम छन्।