दीपेन्द्र विश्वकप छनोटका सबैखेल गुमाउने सक्ने

30 Oct, 2023

क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको देब्रे गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई बप्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।

‘उहाँको ट्यालो फिबुलर लिगामेन्ट च्यातिएको छ, उहाँलाई जतिसक्छो टिममा फर्काउन क्यान र हामी मेडिकल टिम प्रयासरत छौं’, नेपाली क्रिकेट टिमका डाक्टर अभिशेक सि‌ंहले बताए।

ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा राम्रो प्रदर्शन गर्दै आएका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]