इंग्ल्यान्डमाथि श्रीलंकाको जित

27 Oct, 2023

भारत जारी एकदिवसीय विश्वकपमा श्रीलंका विजयी भएको छ। बिहीबार राति सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डमाथि ८ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको १५७ रनको सामान्य लक्ष्य श्रीलंकाले २५.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। उसका लागि पाथुम निसंकाले सर्वाधिक ७७ रन बनाए। उनले ८३ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै, सदिरा समराविक्रमाले ६५ रन बनाए। उनले ५४ बलमा चौका र १ छक्का प्रहार गरे। इंग्ल्यान्डका डेविड विलीले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड श्रीलंकाको कसिलो बलिङसामू ३३.२ ओभरमा १५६ रनमै अलआउट भयो। उसका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाउँदा जोनी बोइस्टोले ३० र डेविन मलानले २८ रनको योगदान दिए अन्यले गतिलो योगदान दिन सकेनन्।

इंग्ल्यान्डको इनिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका लहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए भने एन्जेलो म्याथुज र कसुन रजिथाले समान २ विकेट लिए।

जारी विश्वकपमा दोस्रो जित निकालेको श्रीलंका अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। यता, इंग्ल्यान्ड भने २ अंकसहित पुछारबाछ दोस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]