इटालीलाई हराउँदै इंग्ल्यान्ड युरोकपमा

18 Oct, 2023

डिफेन्डिङ च्याम्पियन इटालीलाई हराउँदै इंग्ल्यान्डले युरो २०२४ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

मंगलबार वेम्बलीमा भएको खेलमा इंग्ल्यान्डले इटालीलाई ३–१ ले हरायो। एक गोलले पछाडि रहेको स्थितिबाट इंग्ल्यान्डले यो प्रभावशाली जित निकालेको हो ।

जर्मनीमा अर्को वर्ष हुने युरोमा छनोट हुनका लागि इंग्ल्यान्डलाई एक अंक मात्र आवश्यक थियो। इटालीले जियानलुका स्कामाकाको गोलले अग्रता लिएयता इंग्ल्यान्डका लागि ह्यारी केनले दुई तथा जुड वेविलङघमले एक गोल फर्काए।

समूह ‘सी’ मा अहिलेसम्म अपराजित इंग्ल्यान्डले अझै दुई खेल खेल्न बाँकी छ र समूहको शीर्ष रहने निश्चित भइसकेको छ । इटाली भने तीन अंकको दूरीमा युक्रेनभन्दा पछाडि तेस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]