न्युकासलमाथि चेल्सीको जित

12 Mar, 2024

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ। सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यास युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको हो

चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुड्रिचले एक एक गोल गर्दा न्युक्यासलका एलेक्सान्दर इसाक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए । छैटौं मिनेटमा निकोलस ज्याक्सनले कोल पाल्मेरको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, ४३ औं मिनेटमा एलेक्सान्दर इसाकले ब्रुनो गुइमारेसको पासमा गोल गरेपछि न्युक्यासलले पहिलो हाफ बराबरीमा टुंग्याएको थियो । ५७ औं मिनेटमा कोल पाल्मेरले एन्जो फर्नान्डेसको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । यस्तै ७६ औं मिनेट मिखाइल मुड्रिचले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफको अन्तिम समयमा ज्याकोब मर्फीले न्युक्यासलका लागि गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । त्यसपछि थप गोल नभएपछि अन्ततः चेल्सी ३–२ को नतिजाका साथ जित निकाल्न सफल भयो ।

प्रिमियर लिगमा जित निकालेको चेल्सी २७ खेलमा ३९ अंक बनाउँदै तालिकाको ११ औं स्थानमा रहेको छ भने पराजित भएको न्युक्यासल युनाइटेड २८ खेलबाट ४० अंकका साथ दशौं स्थानमा छ ।

प्रिमियर लिगमा आर्सनल र लिभरपुल समान ६४ अंकका साथ शीर्ष २ मा रहेको छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]