युनाइटेडसँग अंक बाँड्दा लिभरपुलले गुमायो शीर्ष स्थान

8 Apr, 2024

प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले म्यानचेष्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ। आइतबार राति ओल्र्डट्राफोर्डमा भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका हुन् ।

यो बराबरीसँगै लिभरपुलले शीर्ष स्थान गुमाएको छ। आर्सनलसँग समान ७१ अंक भएपछि गोलअन्तरमा पछि परेपछि लिभरपुलले शीर्ष स्थान गुमाएको हो। ४९ अंकसहित म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ।

युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो। तर युनाइटेडले लगातार दुई गोल गरेपछि लिभरपुलले अन्तिम समयमा बराबरी गोल गरेको हो।

लुइस डियाजले २३औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए। तर ५०औं मिनेटमा युनाइटेडका बर्नार्डो शिल्भाले बराबरी गोल फर्काए ।

६७औं मिनेटमा कोबी माइनोले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाएका थिए। तर ८४औं मिनेटमा लिभरपुलका मोहमद सालाहले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे।

प्रिमियर लिगकै अन्य खेलमा टोटनहमले नटिङहम फरेस्टलाई ३–१ ले हराउँदा चेल्सीले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा शेफिल्ड युनाइटेडसँग २–२ को बराबरी खेल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]