इपिएलमा आज राति ७ खेल, पहिलो सिटी र लिभरपुलबीच

25 Nov, 2023

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुँदैछन्।

इपिएलको १३औं चरणको पहिलो खेलमा पहिलो र दोस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र लिभरपुल आमने सामने हुने छन्। यो खेल एत्तिहादमा साँझ सवा ६ बजे सुरु हुनेछ।

यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ। लिभपुललाई हराउँदै डिफेनिडङ च्याम्पियन सिटी शीर्ष स्थानमा स्पष्ट ४ अंकको अग्रता बनाउन चाहन्छ भने लिभरपुल शीर्ष स्थानमा उक्लने दाउमा हुने छ। १२ खेलको समाप्तिमा सिटीको २८ र लिभरपुलको २७ अंक छ।

यसैगरी राति पौने ९ बजे बर्नली र वेस्टह्याम आमने सामने हुने छन्। जारी सिजनमा वेस्टह्याम १७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ भने बर्नले ४ अंकका साथ पुछारमा रहेको छ।

आज दुवै टिमले जित निकाल्दै तालिकाको वरियता सुधार गर्ने लक्ष्यमा हुने छन् । बराबरीले भने दुवै टिमलाई घाटा लाग्ने छ।

पौने ९ बजे नै लुटन र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र चेल्सी आमने सामने हुँदा सोही समयमा नटिङघम फरेस्ट र ब्राइटन पनि भिड्ने छन् । यसैगरी पौने ९ बजेकै खेलमा सेफिल्ड युनाइटेड र बर्नमाउथले प्रतिस्र्पा गर्ने छन्।

राति सवा ११ बजे भने ब्रेन्टफोर्ड र आर्सनल आमने सामने हुने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]