एनकेतिहको ह्याट्रिकमा आर्सनलको जित, ब्रेनफोर्डसँग हार्‍यो चेल्सी

29 Oct, 2023

प्रिमियर लिगमा एडी एनकेतिअले ह्याट्रिक गरेपछि आर्सनल विजयी भएको छ। शनिबर राति भएको खेलमा उसले सेफिल्ड युनाइटेडमाथि ५(०को फराकिलो जित निकालयो।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा एनकेतिहले २८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र गरेको आर्सनलले दोस्रो हाफमा चार गोल थप्यो।

एनकेतिहले ५०औं मिनेटमा दोस्रो गोल गर्दा ५८औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फिबयन भिएराले ८८औं मिनेटमा पेनाल्टीमा गोल गरे भने तारेहिरो तोमियासुले इन्जुरी टाइममा गोल गरे ।

आर्सनल दोस्रो स्थानमा उक्लिएको छ। आर्सनलको १० खेलमा २४ अंक भएको छ। समान खेलबाट २६ अंकसहित टोटनहम शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी २१ अंकसहित तेस्रो स्थानमा छ।

यता, चेल्सी ब्रेन्टफोर्डसँग २(०ले पराजित भयो। सिजनको तेस्रो जित हात पार्ने क्रममा ब्रेन्टफोर्डले शनिबार भएको खेलमा चेल्सीलाई २–० ले हराएको हो।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८औं मिनेटमा ब्रेन्टफोर्डले इथन पिनोकको गोलबाट अग्रता लियो । खेलको इन्जुरी टाइममा ब्रायम मब्युमोले गोल गरेपछि ब्रेन्टफोर्डले ३ अंक पक्का गर्‍यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]