क्रोएसिया युरोकपमा, वेल्स प्लेअफमा

22 Nov, 2023

क्रोएसिया अर्को वर्ष जर्मनीमा हुने युरोकपका लागि छनोट भएको छ।

छनोट चरणको समूह ‘डी’को अन्तिम खेलमा मंगलबार राति अर्नेनियालाई १–० ले हराउँदै क्रोएसियाले युरोकपमा स्थान पक्का गरेको हो।

क्रोएसियाका लागि एनटे बुडिमिरले एकमात्र गोल गरे। उनले ४३औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै समूह डीको उपविजेताका रुपमा क्रोएसिया युरोकपमा पुग्यो। यो सामूहमा टर्की शीर्ष स्थानमा छ।

यता, टर्की जितपछि टर्कीसँग १–१को बराबरी खेलेको वेल्स भने समूहमा तेस्रो हुँदै युरोकप पुग्न प्लेअफ खेल्नु पर्ने भएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]