म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

17 Mar, 2024

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो।

सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे। सिल्भाले १३औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। उनैले रुबेन डियासको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल ३१औं मिनेटमा थपे।

त्यसपछि दुवै टिमबाट गोल नभएपछि सिटी घरेलु मैदानमा २–० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

यस्तै, वुल्भ्सलाई अप्रत्यासित रुपमा ३–२ले हराउँदै कोभेन्ट्री सिटी पनि सेमिफाइनलमा पुगेको हो। कोभेन्ट्रीका लागि इलियस सिमसले २ गोल गर्दा हाजी राइटले एक गोल थपेका थिए। वुल्भ्सका लागि रियान नुरी र ह्युगो बुएनोले एक गोल गरे।

एफए कप अन्तर्गत आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल सेमिफाइनल प्रवेशका लागि भीड्दै छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]