हार्दिक पाण्ड्या विश्वकपबाट बाहिरिए, प्रसिद्ध कृष्णा टिममा

4 Nov, 2023

भारतीय अलराउन्ड घरेलु मैदानमा जारी एकदिवसीय विश्वकपबाट बाहिरिएका छन्। विश्वकपको लिग चरणको बंगलादेशविरुद्धको खेलमा बलिङका क्रममा घाइते भएका हार्दिक प्रतियोगिताबाट बाहिरिएका हुन्।

बंगलादेश विरुद्धको खेलका आफ्नै बलिङमा खुट्टाले बल रोक्ने क्रमा अनियन्त्रित भएर लड्दा उनको कुुर्कुचामा चोट लागेको थियो। सो खेलमा उनले ३ बल मात्र बलिङ गरेका थिए।

पाड्ण्डा सेमिफाइनलमा फर्केने विश्वास गरिएको थियो। तर, चोट तत्काल निको नहुने नेखिएपछि बिसिसिआईले पाण्ड्यालाई टिमबाटै बाहिर राखेको छ।

बिसिसिआईले पाण्ड्याको स्थानमा फास्ट बलर प्रसिद्ध कृष्णालाई टिममा बोलाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]