घरेलु मैदानमा जारी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानमाथि सजन जित निकालेको छ। अहमदावादमा भएको खेलमा भारतले पाकिस्तान माथि ७ विकेटको सहज जित निकाल्यो।
प्रतियोगितामा भारतले लागतार तेस्रो जित हो। यसअघि भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई हराएको थियो। यता, पाकिस्तानको यो पहिलो हार हो। यसअघि उसले बंगलादेश र नेदरल्यान्ड्सलाई हराएको थियो।
पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको १९२ रनको सामान्य लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए। उनले ६३ बलमा समान ६ चौका र छक्का प्रहार गरे।
यस्तै, श्रेयस ऐयरले पनि अर्धशतक बनाए। नटआउट रहेका उनले ६२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए। केएल राहुलले १९ तथा शुभमन गिल र विराट कोहलीले समान १६ रन बनाए।
अहमदावादमा शनिबार टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४२.४ ओभरमा १९१ रनमै अलआउट भयो।
एक समय १५५–२को बलियो अवस्थामा रहेको पाकिस्तान थप ८ विकेटले ३७ रन बनाउँदा गुमायो। पाकिस्तानका लागि कप्तान बाबर अजामले सर्वाधिक ५० रन बनाए। उनने ५८ बलमा ७ चौका प्रहार गरे। बाबरको यो भारतविरूद्ध एकदिवसीयमा पहिलो अर्धशतक हो।
यस्तै, मोहम्मद रिजवानले ६९ बलमा ७ चौका प्रहार गर्दै ४९ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए। बाबर मोहम्मद सिराज र रिजवान जसप्रित बुमराहको बलमा आउट भए।
त्यअसघि इमाम उलहक र अब्दुल्लाह सफिकले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए। इमामले ३६ र सफिकले २० रन बनाए।
पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा भारतका बुमराह, सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान २ विकेट लिए।