सामी र प्रसिद्ध कृष्णाले आईपिएल गुमाउने, ऋषव पन्तले विकेटकिपिङ गर्ने

15 Mar, 2024

इन्डियन प्रिमियर लिग (आईपिएल)को १७औं संस्करण मार्च २२बाट सुरु हुँदैछ। आइपिएल सुरु हुन एक सातामात्र बाँकी रहँदा थुप्रै स्टार खेलाडीहरुले चोट तथा व्यक्तिगत कारणले आईपिएल गुमाउने निश्चित भएको छ।

आईपिएपल गुमाउने सूचीमा दुई भारतीय स्टार बलर मोहम्मद सामी र प्रसिद्ध कृष्णा पनि छन्। दुवैले चोटका कारण आईपिएपल गुमाउने भएका छन्।

चोटकै अवस्थामा विश्वकप खेलेका सामी त्यसपछि मैदानमा देखिएका छैनन्। प्रसिद्ध रणजी ट्रफी खेल्ने क्रममा घाइते भएका थिए। आईपिएलमा सामी गुजराज टाइटन्स र प्रसिद्ध कोलकाता राजस्थान राेयल्स्मा आबद्ध छन्। दुवै टिमले यी दुई खेलाडीको रिप्लेसमेन्टको घोषणा भने गरेका छैनन्।

यता, इंग्लिस फास्ट बलर मार्क उड, ब्याट्सम्यान ह्यारी ब्रुक्स, जासन रोय र गुड एट्किन्सनले पनि आइपिएलबाट नाम फिर्ता लिएका छन्। लखनउ सुपर जायन्ट्सले उडको स्थानमा समार जोसेफलाई टिममा राखेको छ।

यस्तै, कोलकाताले जासन रोयको स्थानमा फिल साल्ट र एट्किन्सनलेका स्थानमा दुमस्थ चमीरालाई टिममा राखेको छ। दिल्ली क्यापिटल्सले भने ब्रुक्सको स्थानमा कसैलाई टिममा राखिसकेको छैन।

दिल्लीकै फास्ट बलर लुंगी एनगिडीले पनि आईपिएल गुमाएका छन्। चोटका कारण आईपिएल गुमाएका उनको स्थानमा दिल्लीले ज्याक फ्रेसरलाई टिममा राखेको छ। यता, चेन्नई सुपर किंग्सका ओपनर डेभोन कन्वेले पनि आईपिएलका आधाजति खेल गुमाउने भएका छन्।

यता, स्टार भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तले विकेटकिपर ब्याट्सम्यानकै रुपमा आईपिएपल खेल्ने भएका छन्। गतवर्ष ठूलो कार दुर्घटनामा परेपछि क्रिकेटबाट टाढिएका उनलाई एनसिएले विकेटकिपरका रुपमा खेल्न अनुमित दिएको छ।