बलर चम्किँदा हैदरावादमाथि गुजरात हावी

31 Mar, 2024

इन्डियन प्रिमियर लिग (आईपीएल) मा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि गुजरात टाइटन्स विजयी भएको छ। आइतबार भएको पहिलो खेलमा गुजराजतले सनराइजर्स हैदराबादमाथि ७ विकेटको सहज जित निकाल्यो।

१६३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । गुजरातको जितमा डेविड मिलरले २७ बलमा ४ चौका र २ छक्कासहित ४४ रन बनाए।

यस्तै, साई सुदर्शनले ३६ बलमा ४ चौका र १ छक्कासहित ४५ रन बनाउँदा ऋद्धिमान शाहले २५ र शुभमन गिलले ३६ रन बनाए। हैदराबादका प्याट कमिन्स, मयंक मारकन्डेय र शाहबाज अहमदले समान १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।

उसका लागि ओपनर ट्रविस हेड १९, मयंक अग्रवाल १६, अभिषेक शर्मा २९, एडेन माक्ररम १७, हेनरिक क्लासेन २४, शाहबाज अहमद २२ र अब्दुल सामद २९ रनमा आउट भए।

गुजरातका मोहित शर्माले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। आजमतुल्लाह ओमजरलाई, उमेश यादव, रासिद खान र नुर अहमदले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]