उपाधि होडमा युभेन्टसलाई धक्का, उडिनेससँग पराजित

13 Feb, 2024

इटालियन सिरी ए फुटबलमा युभेन्टसलाई उपाधि होडमा धक्का लागेको छ। सोमबार राति भएको खेलमा उडिनेससँग १–०ले पराजित भएपछि युभेन्टसलाई उपाधि होडमा धक्का लागेको हो।

उडिनेसभन्दा युभेन्टसले बल नियन्त्रण बढी गरे पनि गोल गर्न असफल भयो। ३०औं मिनेटमा उडिनेसका लागि लाउतारो गेनेटीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो। एलेक्स सान्ड्रोले गरेको फ्रिकिकलाई क्लोज रेन्जमा रहेका लाउतारोले गोलमा परिणत गरेका थिए।

सोही गोलको अग्रता अन्तिमसम्म जोगाउँदै उडिनेसले महत्वपूर्ण तीन अंक लिन सफल भयो। पराजित भएको युभेन्टस २४ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने उडिनेस २४ खेलबाट २२ अंकका साथ तालिकाको १५औं स्थानमा उक्लिएको छ। सिरी एमा इन्टर मिलान २३ खेलबाट ६० अंकका साथ शीर्ष स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]