बुबा बने कप्तान किरण

23 Feb, 2024

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर शेयर गर्दै उनले आफु बुवा बनेको खबर सार्वजनिक गरेछन्।

किरणले सबैलाई माया र आर्शीवादका लागि धन्यवाद दिँदै आफ्नो छोरालाई पनि स्वागत गरेका छन्। ‘माया र आशीर्वादको लागि सबैलाई धेरै–धेरै धन्यवाद,’ किरणले समाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो संसारमा अनन्त खुशीले भर्दै, हाम्रो खुशीको सानो बन्डल यस धर्तीमा आइपुगिसकेको छ। हाम्रो जुनियरलाई यस संसारमा स्वागत छ।’

किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाहबन्धनमा बाँधिएका थिए । डेढ वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]