कशुल आउट, नेपाललाई सातौं झड्का

25 Feb, 2024

काठमाडौं, फागुन १३ आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाललाई सातौं झट्का लागेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सातौं विकेटका रुपमा क्रिजमा टिकीरहेका कुशल भुर्तेललाई गुमाएको हो। भान डे मर्वेको बलमा आउट हुनुअघि उनले ९३ बलमा ८ चौका प्रहार गर्दै ६६ रन बनाए।

कुशलले आसिफ सेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। त्यसपछि लागतार विकेट जाँदा नेपाल दबाबमा परेको हो। आसिफ १७ रन बनाए।

नेदरल्यान्ड्सका भिभन किंग्मा र बास डे लिडले समान २ तथा आर्यन दत्त र मर्वेले समान १ विकेट लिए। ताज अवस्थामा नेपाल ३७ ओभरको समाप्तिमा १२२–६को अवस्थामा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]