बार्सिलोनामाथि सानदार जित निकाल्दै जिरोना ला लिगाको शीर्ष स्थानमा

11 Dec, 2023

यो सिजन उत्कृष्ट प्रदर्शन गरिहेको जिरोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनामाथि ४–२को सानदार जित निकाल्दै जिरोना शीर्ष स्थानमा उक्लिएको हो।

जिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले गोल गरे भने बार्सिलनोका रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले गोल गरे।

१२औं मिनेटमा डोभविकको गोलमा जिरोनाले अग्रता लियो । १९औं मिनेटमा लेवानडोस्कीले बार्सिलोनालाई खेलमा फर्काए। ४०औं मिनेटमा गुटरेजले गोल गदैृ पहिलो हाफमा जिरोनालाई २–१को अग्रता दिलाए।

८०औं मिनेटमा जिरोनाले तेस्रो गोल थप्यो। उसका फेर्नान्डेजले गोल गरे। इन्जुरी समयको दोस्रो मिनेटमा गुन्डोगानले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसको ३ मिनेटपछि जिरोनाका स्टुआनीले गोल गरेपछि जिरोना ४–२ले विजयी भयो।

जितपछि जिरोनाले शीर्ष स्थानमा रियल मड्रिडमाथि २ अंकको अग्रता बनाएको छ। समान १६ खेलमा जिरोनाको ४१ अंक छ भने रियन मड्रिडको ३९ अंक छ।

यता, आइतबार राति नै अल्मेरियालाई २–१ले हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको बार्सिलोना र एट्लेटिको समान ३४ अंक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]