ग्रानडामाथि रियलको जित, उक्लियो शीर्ष स्थानमा

3 Dec, 2023

रियल मड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा ग्रानडालाई २–० ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो।

घरेलु मैदानमा रियललाई जित दिलाउन ब्राहिय डियाज र रोड्रिगोले गोल गरे। उसले दुवै हाफमा गोल गरेको थियो।

२६औं मिनेटमा टोनी क्रुसको उत्कृष्ट पासमा डियाजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। ५७औं मिनेटमा रोड्रिगोले टिमको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा रियल विजयी भयो।

जिरोनासँग समान ३८ अंक भएपनि रियल गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। ग्रानडा भने रेलिगेसन जोनमा छ।

जिरोनाले भ्यालेन्सियालाई २–१ ले हराउँदो एथ्लेटिको बिलबाओले भालोकानेलाई ४–० ले हरायो। यस्तै ओसासुना र रियल सोसिडाडले भने १–१ को बराबरी खेलेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]