प्रिमियर लिगमा फर्कियो लेस्टर सिटी

27 Apr, 2024

लेस्टर सिटी रेलिगेशनमा परेको एक सिजमै पुनः प्रिमियर लिगमा फर्किएको छ।

च्याम्पियनसिपको दोस्रो स्थानमा रहेको लिड्स युनाइटेड पराजित भएपछि लेस्टर प्रिमियर लिगमा बढुवा भएको हो। लिड्स क्विपिआरसँग ४–०ले पराजित भयो।

लिगमा लेस्टरले २ र लिड्सले १ खेल खेल्न बाँकी छ। लेस्टरको ९४ र लिड्को ९० अंक छ। बाँकी दुवै खेलमा पराजित भएपनि लेस्टर शीर्ष स्थानमै रहनेछ।

यता, पराजयले लिड्सलाई भने प्रिमियर लिगमा सिधै बढुवा हुने सम्भावना केही कमजोर बनेको छ। अब उसले अन्तिम खेलमा जित निकाल्नु पर्नेछ भने आइपिच टाउनले बाँकी २ मध्ये १ खेल हार्नुपर्ने छ।

च्याम्पियनसिपबाट शीर्ष २मा रहने टिम सिधै बढुवा हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टिमले प्लेअफ खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]