डिफेन्डिङ च्याम्पियन सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा

7 Mar, 2024

डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। डेनिस क्लब एफसी कोपनहेगनमाथि समग्रमा ६–२को सानदार जित निकाल्दै सिटी अन्तिममा पुगेको हो।

बुधबार राति भएको दोस्रो लेगमा सिटी ३–१ले विजयी भयो। त्यसअघि पहिलो लेगमा पनि सिटी ३–१ ले नै विजयी भएकामे थियो।

बुधबार राति घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्यानुअल अकान्जी, जुलियन अल्भारेज र एर्लिङ हालान्डले गोल गरे। कोपनहेगनका मोहम्मद एलयोउनोउसीले गोल गरेका थिए।

पाँचौ मिनेटमा अकान्जीको गोलमा सिटीले अग्रता लियो। नवौं मिनेटमा अल्भारेजले सिटीको अग्रता दोब्बर बनाए। २९औं मिनेटमा एलयोउनोउसीले गोल गर्दै कोपनहेगनलाई खेलमा फर्काउने प्रयास गरे।

तर, पहिलो हाफको इन्जुरी टाइममा हालाण्डले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–१को अग्रता बनायो। दोस्रो हाफ थप गोल हुन सकेन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]