सिटी र लिभरपुलले अंक बाँडे, फाइदा आर्सनललाई

11 Mar, 2024

प्रिमियर लिग उपाधि दाबेदार टोली म्यानचेष्टर सिटी र लिभरपुलले अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा दुवै टिमले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

एनफिल्डमा अग्रता भने सिटीले लिएको थियो। खेलको २३औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा सुरुमै गोल फर्काएको थियो। लिभरपुलका लागि ५०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पेनाल्टीमार्फत गोल गरे।

बराबरीपछि दुवैले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ र यसको फाइदा आर्सनललाई मिलेको छ। २८ खेलबाट आर्सनल र लिभरपुलको समान ६४ अंक छ । तर गोल अन्तर आर्सनल शीर्ष स्थानमै छ। ६३ अंक रहेको सिटी तेस्रो स्थानमा छ।

प्रिमिय रलिगकै अन्य खेलमा टोटनहमले एस्टन भिल्लाई ४–० ले र ब्राइटनले नटिङहम फरेस्टलाई १–० ले पराजित गरेको छ भने वेष्टहम र बर्नलीले १(१ को बराबरी खेलेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]