सिटी र लिभरपुलले खेले बराबरी

26 Nov, 2023

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्। शनिबार एत्तिहादमा भएको खेलमा दुवै टिमले १–१ गोलको बरारबी खेल्दै अंक बाँडेका हुन्।

घरेलु मैदानमा लिभरपुललाई अधिकांश समय दबाबमा राखेको सिटी २७औं मिनेटमा अग्रता लियो। उसका लागि नाथन एकेको पासमा अर्लिङ हालान्डले गोल गरेका थिए।

यो गोलसँगै हालान्डले प्रिमियर लिगमा सर्वाधिक छिटो ५० गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ४८ खेलमा यो उपलिब्ध बनाए।

तर खेलको ८० औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर–आर्नल्डले लिभरपुलका लागि बराबरी गोल फर्काए। उनले मोहम्मद सलाहको पासमा डिबक्स बाहिरबाट गोल गरेका थिए।

बराबरीसँगै सिटी १३ खेलबाट २९ अंकका साथ दोस्रो र लिभरपुल २८ अंकका साथ तेस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]