नेपालले गुमायो नेदरल्यान्डसविरुद्ध तेस्रो विकेट

25 Feb, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई व्यक्तिगत २ रनमा गुमायो।

पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ सेखले नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। तर, त्यसपछि थप १२ रन जोड्दा तीन विकेट गुमाएपछि नेपाल दबाबमा परेको छ। आसिफ सेखले १५ रन बनाउँदा आनिल साह ७ रनमै आउट भयो।

अहिले क्रिजमा कशुल भुर्तेल ३७ बलमा २९ रन बनाएर खेलिरहेका छन् भने उनलाई १ रन बनाएर कप्तान रोहितकुमार पौडेलले साथ दिएका छन्।

नेदरल्यान्ड्सका भिभन किंग्माले २ तथा आर्यन दत्तले १ विकेट लिए। ताजा अवस्थामा नेपाल १४ ओभरको समाप्तिमा ५८–३को अवस्थामा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]