नेदल्यान्ड्सविरूद्ध दबाबमा नेपाल, सय रन नबनाउँदै ६ विकेट गुमायो

25 Feb, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध खराब ब्याटिङपछि दबाबमा परेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल बोर्डमा सय रन नहुँदै ६ विकेट गुमाएपछि दबाबम परेको हो।

पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ सेखले नेपाललाई राम्रो सुरुआत दिलाए पनि त्यसपछि लागतार विकेट जाँदा नेपाल दबाबमा परेको हो। चौथो विकेटका लागि कप्तान रोहित पोडेलल कुशलसँग केही साझेदारी गर्ने प्रत्यसगरेपनि नेपालले पुनः लगतार ३ विकेट गुमायो।

नेपालका लागि कशुल भुर्तेल ४९ रन बनाएर खेलिरहेका छन्। यस्तै, आसिफ सेखले १७ र कप्तान रोहिलेत १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेदरल्यान्ड्सका भिभन किंग्मा र बास डे लिडले समान २ तथा आर्यन दत्तले १ विकेट लिए। ताज अवस्थामा नेपाल ३० ओभरको समाप्तिमा ९६–६को अवस्थामा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]