आयरल्यान्ड वुल्भ्सले दियो नेपाल एलाई २२३ रनको विशाल लक्ष्य, कमलकाे उत्कृष्ट पुनरागमन

29 Mar, 2024

टि–२० सिजिको पहिलो खेलमा आयरल्यान्ड वुल्भ्सले नेपाललाई ए लाई विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै वुल्भ्सले नेपाल ए लाई २२३ रनको विशाल लक्ष्य दियो।

टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २२२ रन बनायो। यो आयरल्यान्ड वुल्भ्सले टि–२०मा बनाएको सर्वाधिक स्कोर हो।

उसका लागि पिटर मुरले सर्वाधिक ४९ रन बनाए। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, क्याड कारमाइकलले २९ बलमा ३८ रन बनाउँदा नेइल रकले २३ बलमा १ चौका र ३ छक्का प्रहार गर्दैै ३८ रन बनाउँदा स्टेफल डोनी १६ बलमा ४ चौका र २ छक्का मद्दछमा ३४ रन बनाए।

अन्तिम ३ बलमा लागतार छक्का प्रहार गरेका ग्यारेथ डेलनीले १४ बलमा ३० रन बनाए भने डाविन होइले ६ बलमा १८ रन बनाए।

नेपालका एका लागि लामो सयमपछि कमब्याक गरेका कमलसिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ रन खर्चिए। यस्तै, सागर ढकाल र आरिफ सेखले पनि समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]