नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग खेल्ने

16 Feb, 2024

नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ।

नेपालको सिनियर टिमले आइसीसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्यन्ड्ससँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दै छ।

२ दिनअघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो । सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यनडा ११ विरुद्ध खेल्ने स्क्वाड पनि घोषणा गरेको छ। विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र विहीबार गरेर तीन वटा एकदिवसीय खेल खेल्ने छ।

क्यानडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थिया । त्यतिबेला क्लिनस्वीप भएको क्यानडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानडा ११’ बनाएको हो।

आइतबारदेखि विहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले विहीबार राति सार्वजनिक गरेको हो। यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन्।

नेपाल ‘ए’ टिम : विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]