नेपालले गुमायो ३ बलमा ३ विकेट

5 Mar, 2024

नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले ३ बलमा ३ विकेट गुमाएको छ ।

करण केसी, गुलशन झा र आरिफ शेख लगातार ३ बलमा आउट भएपछि नेपालको इनिङ धराशायी बनेको हो ।

करण केसी १८औं ओभरको अन्तिम बलमा आउट भएका थिए भने गुलशन र आरिफलाई क्लासेनले १९औं ओभरको पहिलो दुई बलमा आउट गरेका थिए ।

करण केसी ४ बलमा ९ रन बनाएर आउट भएका थिए । यस्तै, गुलशन झाले २५ बलमा ३४ रन जोडे भने आरिफ शेख डकआउट भएका हुन् ।

टस जितेर ब्याटिङ रोजेको नेपालले १९ ओभर सकिँदा ८ विकेट गुमाउँदै १७४ रन जोडेको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]