नेदरल्यान्ड्सविरूद्ध नेपालको १०० रन पुरा

5 Mar, 2024

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनलमा नेपालले १०० रन पूरा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ११ ओभरमा २ विकेट गुमाउँदा १०० रन पूरा गरेको हो ।

नेपालको सुरुवाती १०० रनका लागि ओपनर कुशल भुर्तेलले १० बलमा २० रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १९ बलमा २५ रन जोडे ।

हाल क्रिजमा रहेका ब्याट्सम्यान आसिफ शेख ३३ बलमा ४४ रन बनाएर खेलिरहेका छन् भने गुलशन झाले ६ बलमा ११ रन जोडेका छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]