एसएसएलमा झापाको पहिलो जित, बुटलबले गुमायो शीर्ष स्थानमा उक्लने मौका

12 Dec, 2023

नेपाल सुपर लिगको नवप्रवेशी टिम झापा एफसीले पहिलो जित निकालेको छ। उसले पाँचौं चरणमा आएका जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा झापाले बुटबल लुम्बिनी एफसीलाई १–०ले हरायो।

झापालाई लिगमा पहिलो जित दिलाउने क्रममा स्पेनिस खेलाडी होर्गे सान्चेज कानिलासले ३८औं मिनेटमा गोल गरे। उनले कप्तान अञ्जन विष्टको पासमा गोल गरेका थिए।

यो जितसँगै झापा ५ खेलमा १ जित र ३ बराबरीसहित ५ अंक जोड्दै लिगको छैठौं स्थानमा उक्लिएको छ। पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएयता झापाले लागातार तीन खेल बराबरी खेलेको थियो।

यता, हारसँगै बुटबल लुम्बिनीले भने लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमायो। ६ खेलेको बुटबल ६ अंकसहित नै पाँचौं स्थानमा छ। लिगमा ५ खेलमा ९ अंक जोड्दै ललितपुर एफसी शीर्ष स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]