नेपाल सुपर लिगमा धनगढीले वीरगञ्जलाई हरायाे

26 Nov, 2023

नेपाल सुपर लिगमा धनगढी एफसीले विजयी सुरुआत गरेको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ले हरायो।

धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले गोल गरे भने वीरगञ्जका हान्स क्वाफीले गोल गरे ।

खेलको दोस्रो मिनेटमै फोफानाले साविक उपविजेता धनगढीलाई अग्रता दिलाए। उनले ओलावाले आफिजको पासमा गोल गरेका थिए। पहिलो हाफको अन्त्यतिर क्वाफीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१का बराबरीमा ल्याए।

बरारीतर्फ उन्मूख खेलको ८९औं मिनेटमा धनगढीले अग्रता लियो। उसका लागि कृतिशरत्न छुन्जुको पासमा हिजाजीले गोल गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]